
सोमवार , भाद्र २३, २०८२
भैरहवा, २३ भदौ । काशी नोबल एकेडेमी प्रा.लि.सिद्धार्थनगर, रुपन्देहीको २४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिवेशनले टोप बहादुर रायमाझी अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा अजय कुमार गुप्ता, सचिवमा राजेन्द्र घिमिरे र कोषाध्यक्षमा श्री रायमाझी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा तेज प्रसाद पन्थ, हरि प्रसाद आचार्य र डिलाराम पाण्डे चयन हुनुभएको छ ।
त्यसै गरी लेखा समिति संयोजकमा निर्मल हुमागाई, सदस्यमा दिपक काफ्ले र सुर्दशन पौडेल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरी पुर्ण प्रसाद श्रेष्ठ संयोजक रहेको निर्वाचन समितिमा राधिका गौतम सदस्य रहनुभएको छ ।
साधारण सभा तथा अधिवेशनपछि बसेको प्रथम बैठकबाट ओम जैसी, पुर्ण प्रसाद श्रेष्ठ र राधिका गौतम सदस्य रहेको सल्लाहकार समिति मनोनयन गरिएको एकेडेमीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij