२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

कांग्रेस महामन्त्री गगन थापाको घरमा ढुंगामुढा

मंगलवार , भाद्र २४, २०८२

  • 388
    Shares
  • 388
    Shares
  • काठामाडाैं, २४ भदाै । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घर ढुंगामुढा प्रहार भएको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए ।

    लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

    यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् । अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।