
बिहिवार , भाद्र २६, २०८२
भैरहवा, २६ भदौ । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी सघं (ओम्स) नेपालले आफ्नो तेस्रो स्थापनाको अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार रुपन्देहीको बुटवलस्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४२ यूनिट रगत संकलन गरिएको कार्यक्रम संयोजक राम भण्डारीले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा उपस्थित भएर रक्तदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा ओम्सका केन्द्रीय अध्यक्ष सूर्य पराजुली, केन्द्रीय उपाध्यक्ष अमर बस्नेत, केन्द्रीय सदस्य चिरञ्जीवी कुवर, लुम्बिनी प्रदेश अध्यक्ष गंगा सागर पन्थी , लुम्बिनी ईकाई उपाध्यक्ष राम भण्डारी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले यस्तो विषम परिस्थितिमा पनि ओम्स नेपालले पुनित कार्य गरेको बताउनुभयो ।
स्थापना दिवसकै अवसर पारेर संघले बिहीबार बेलुकी तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij