२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

कालिका मानवज्ञानद्वारा भाटभटेनी लुटपाटमा संलग्न शिक्षकलाई कारवाही

शनिवार , भाद्र २८, २०८२

  • 601
    Shares
  • 601
    Shares
  • भैरहवा, २८ भदौ । जेनजीको प्रदर्शनका क्रममा रुपन्देहीको बुटवलस्थित भाटभटेनीमा लुटपाटमा संलग्न भएको भन्दै कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कार्यरत एकजना शिक्षकलाई विद्यालयले कारवाही गरेको छ । 

    भदौ २४ गते शिक्षक शिवशंकर शुक्ला सहभागी भइ बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले कारवाही गरिएको विद्यालयले जनाएको छ । 

    विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले शिक्षक शुक्लालाई आजको मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्राचार्य दिनेश थापाले जानकारी दिनुभयो ।