२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

राष्ट्रिय सम्मानसहित जेनजी शहीदहरूको अन्त्येष्टि

मंगलवार , भाद्र ३१, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं, ३१ भदौ । जेनजी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् ।

    राष्ट्रिय सम्मानका साथ शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका छन्। त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।

    आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ । सरकारले हिजै मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

    भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको थियो।