
मंगलवार , भाद्र ३१, २०८२
दाङ, ३१ भदौ । लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।
बैठकले असोज ३ गते संविधान दिवस प्रदेशभर मनाउने र प्रदेश राजधानी परिसरमा दिवस समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij