
सोमवार , बैशाख ६, २०७८
बुटवल, ६ वैशाख ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा मनोनित सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुका साथै परामर्शदाता चयन गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकमा सल्लाहकार तथा सदस्यहरुलाई स्वागत गर्नुका साथै परामर्शदाता चयन गरिएको हो ।
संघको पहिलो कार्यसमितिको बैठकले संघको सल्लाहकारमा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ र महेशमान सिंहलाई चयन गरेको थियो भने कार्यसमिति सदस्यमा उद्योगतर्फबाट अनिलप्रसाद श्रेष्ठ, वाणिज्यतर्फबाट सुरज भट्टराई र कृषितर्फबाट बसन्त ढकाललाई मनोनित गरिएको थियो ।
सोमबार बसेको दोस्रो कार्यसमिति बैठकले संघको परामर्शदाताहरु चयन गरेको हो । बैठकले राजस्वतर्फ सिए हरि लम्साल, कानुनतर्फ बाबुराम पाण्डे, आर्थिकतर्फ राजेन्द्र वझा, वित्तियतर्फ प्रदिपकुमार श्रेष्ठ, कृषितर्फ भिम पौडेल, स्वास्थ्यतर्फ डा. अवधेश तिवारी, शिक्षातर्फ आनन्दमान सिंह शाक्य, प्राविधिक शिक्षा तर्फ संस्थागत कोरिया नेपाल प्राविधिक शिक्षालयका प्रिन्सिपल, पर्यटनतर्फ महेन्द्र थापा र उद्योग÷औद्योगिक क्षेत्र प्रवद्र्धनतर्फ रत्नहरी गौतमलाई परामर्शदाता चयन गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।
सोही बैठकले संघभित्र २७ वटा विभिन्न आन्तरिक समिति समेत गठन गरेको छ । बैठकले संघबाट प्रतिनिधित्व गर्ने विभिन्न संघ–संस्थाहरुमा प्रतिनीधि समेत चयन गर्नुको साथै अनुमोदन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको पहलमा स्थापित लुम्बिनी वाणिज्य क्याम्पसको सञ्चालक र परिषदमा संघका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था अनुसार अध्यक्ष उज्ज्वलप्रसाद कसजू, त्यसै गरी परिषद सदस्यमा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई पठाउने निर्णय भएको छ ।
त्यस्तै बिटिआईमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अध्यक्ष पदेन उपाध्यक्ष हुने व्यवस्था अनुसार अध्यक्ष कसजूको नाम बैठकले अनुमोदन गरेको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकमा सल्लाहकारहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले शुभकामनासहित सुझावहरु राखेका थिए । त्यसै गरी वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, महासचिव बिमलराज भट्टराई, कोषाध्यक्ष नविन श्रेष्ठ, सचिव मुक्ति अधिकारी तथा सदस्यहरुले महिनाभरी भए गरेका कार्य विवरण प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij