२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

विश्व दृष्टि दिवस : ५८५ थान चश्मा वितरण

बिहिवार , आश्विन २३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २३ असोज । नेपाल नेत्र ज्योति संघ रुपन्देही र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाले ट्राफिक प्रहरीलाई चश्मा वितरण गरेका छन् । 

    विश्व दृष्टि दिवस–२०२५ को अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीलाई ५८५ थान निःशुल्क  कालो चश्मा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।

    बिहीबार एक कार्यक्रमकाबीच नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका अध्यक्ष कमलराज जोशी, श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्र बन्धु शर्मालाई उक्त चश्मा हस्तान्तरण गर्नुभएको हो ।  

    WhatsApp Image 2025-10-09 at 4.57.32 PM.jpeg