
आइतवार , आश्विन २६, २०८२
भैरहवा, २६ असोज । अरनिको बहुउद्देश्यीय सहकारी संस्था लि. सिद्धार्थनगर–९, रुपन्देहीको २५ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशन तथा साधारण सभाले प्रकाश सिग्देलको अध्यक्षतमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
निर्वाचन अधिकृत कमलकान्त खनालका अनुसार संस्थाको उपाध्यक्षमा उमकला पौडेल, सचिवमा मदन प्रसाद पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद मरासिनी, सदस्यमा टंक प्रसाद आचार्य, बालकृष्ण आचार्य, निर्मला सापकोटा, अनिता पोख्रेल र जितेन्द्र बानिया निर्वाचित हुनुभएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा राम प्रसाद श्रेष्ठ, सदस्यमा दिपक अर्याल र अमृता भट्टराई रहनुभएको छ ।
संस्थाका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षता, शेयर सदस्य एवं समाजसेवी दिर्घराज काफ्लेको प्रमुख आतिथ्यता, उपाध्यक्ष राम प्रसाद श्रेष्ठको स्वागत तथा सचिव सीता भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन अध्यक्ष मधुसुदन आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरिता पोख्रलले प्रस्तुत गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष प्रकाश सिग्देलले निर्वाचित कार्यसमिति, निवर्तमान कार्यसमिति र सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिदै सबैको सहयोगले आगामी दिनमा यो संस्थालाई अझ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शेयर सदस्य तथा सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, पूर्वअध्यक्ष धु्रव नारायण त्रिपाठी, सल्लाहकार लक्ष्मण पौडेल लगायतले भनाइ राख्नुभएको थियो । त्यस्तै शेयर सदस्यहरु लता पोख्रेल, अनिता थापा लगायतले संस्थाको आर्थिक गतिविधिको बारेमा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा चारवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै निवर्तमान सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति र सल्लाहकार समितिलाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उपभोग्य सामग्री खरिद गर्ने १–१ जना र उत्कृष्ट कर्मचारी नामदेव न्यौपानेलाई सम्मान गरिएको थियो ।
त्यसै गरी युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) का प्रशासन संयोजक तथा क्याम्प कोर्डिनेटर तेज कुमार के.सी.लाई कदरपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
संस्थामा हाल २६५ महिला र १५२ पुरुष गरी ४१७ जना शेयर सदस्यहरु रहेको नवनिर्वाचित सचिव मदन प्रसाद पौडेलले बताउनुभयो ।
त्यस्तै आफ्नो साधारण सभा तथा अधिवेशनको अवसरमा संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । युसीएमएसको शिविरमा नाक, कान, घाँटी, अर्थो, ईसीजी, जनरल मेडिसीन लगायतका सेवा प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij