२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

लुम्बिनीमा सञ्चालनमा आयो सारस लुम्बिनी टुर्स एण्ड ट्राभल्स

आइतवार , आश्विन २६, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • भैरहवा, २६ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा सारस लुम्बिनी टुर्स एण्ड ट्राभल कम्पनी प्रा.लि. सञ्चालनमा आएको छ । लुम्बिनी निवासी युवा अर्जुन कुर्मीको अगुवाइमा उक्त ट्राभल कम्पनी सञ्चालनमा आएको हो । नेपाल र भारतका बुद्ध सर्किटमा यात्रा गर्ने पर्यटकलाई लक्षित गरेर लुम्बिनी साँस्कृतिक नगरपालिका-१० स्थित महिलवारमा कम्पनी सञ्चालनमा ल्याएको कुर्मीले बताउनुभयो ।

    लुम्बिनी क्षेत्रका चरा, जैविक विविधता, पर्यापर्यटन, भिलेज टूर र बृहत्तर लुम्बिनी गुरुयोजना क्षेत्रका आध्यात्मिक र शान्ति क्षेत्रको आईटनरी बनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनी सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुर्मीले बताउनुभयो । 

    विगत लामो समयदेखि सारस संरक्षणमा क्रियाशील कुर्मीले कम्पनीको नाम पनि विश्वकै दुर्लभ चरा सारसबाट राखेको बताउनुभयो ।

    विश्व शान्तिको मुहान लुम्बिनीमा पर्यटकलाई सहज, सरल रूपमा प्रभावकारी सेवा दिएर पर्यटन प्रवद्र्धन गर्न कम्पनी संचालन गरिएको उहाँले बताउनुभयो । नेपाल–भारत थाई धम्मदूत भिक्षु एशोसिएसनका उपाध्यक्ष फ्रा राजबोधी विदेश बजिराबुद्धिले बौद्ध परम्परा अनुसार शुक्रबार उक्त कम्पनीको उद्घाटन गर्नुभएको थियो ।