२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

छठ पर्वको तयारी सुरु

आइतवार , आश्विन २६, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २६ असोज । रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका–५ सेवा पथस्थित श्री कालीभक्ति गण (ई) मा गरिने यस वर्ष गरिने छठ पूजाका लागि आवश्यक तयारी सुरु गरिएको छठ पूजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ताले बताउनुभयो । 

    शनिबार बसेको बैठकले विगतका वर्षझै यस वर्ष पनि छठ पर्व धुमधामका साथ मनाउने निर्णय गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो । ‘धार्मिक छठ पोखरीको सरसफाई सुरु भएको छ । रंगरोगनका काम सुरु हुँदैछ, ’उहाँले भन्नुभयो–‘छठ पूजालाई अझ व्यवस्थित गर्नका लागि सम्बन्धित निकायहरुमा पत्राचार गर्ने काम पनि अब सुरु गर्छौं ।’ संयोजक गुप्ताका अनुसार २०२० सालदेखि श्री कालीभक्ति गण (ई) मा रहेको पोखरीमा छठ पूजा हुँदै आएको छ । 

    chhath pokhari.jpg

    भैरहवामा श्री कालीभक्ति गण (ई) सहित सिद्धार्थनगर नगरपालिका–४ स्थित हनुमान मन्दिर लगायत विभिन्न स्थानमा छठ पूजा गरिदै आइएको छ ।

    छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । छठ पर्व मनाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ ।