२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

विश्व हात धुने दिवसमा रक्तदान, १०१ युनिट रगत संकलन

बुधवार , आश्विन २९, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • तिलोत्तमा, २९ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा नगरपालिकाको कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 
    विश्व हात धुने दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले रक्तदान गरेका थिए । 

    कार्यक्रमको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण  खाणले  स्वास्थ्यप्रति सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले रक्तदान जीवन दान नै भएकाले स्वास्थ्य शाखाले गरेको यो काम प्रशंसनीय भएको बताउनुभयो । ‘हामीले स्वास्थ्यका लागि पालिकाबाट बजेट विनियोजन गरी थुप्रै काम गरिरहेको र नगरबासीको स्वास्थ्यप्रति ख्याल गरिरहेका छौं, उहाँले भन्नुभयो– यहाँबाट संकलन भएको रगतले आवश्यक बिरामीको उपचारमा सहयोग पुग्नेछ ।’ 

    उक्त कार्यक्रमका संयोजक स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले राम्ररी हात धुन नजान्दा स्वास्थ्यमा समस्या आउन सक्छ भन्ने सचेतना जगाउँदै रक्तदान जस्तो महत्वपूर्ण कार्यको आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले स्वास्थ्यका हरेक कार्यक्रममा नगरबासीको हितलाई ख्याल गर्दै सोही अनुसारका कार्यक्रम ल्याइरहेको बताउनुभयो । उहाँका अनुसार रक्तदान कार्यक्रममा १०१ युनिट बढी रगत संकलन भएको थियो ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।