
बिहिवार , आश्विन ३०, २०८२
चितवन, ३० असोज । चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)गणेश अर्यालले चितवन भ्रमणका लागि सबैलाई आगह गर्नुभएको छ । उहाँले चितवनमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा आयोजना गरेको लुम्बिनी प्रेस क्लब, रुपन्देही र पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै प्रजिअ अर्यालले यस्तो बताउनुभएको हो ।
‘म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण महानुभावहरुलाई छिटो भन्दा छिटो प्लान बनाएर चितवन घुम्न आउनका म आग्रह र अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो–‘हामी तपाईलाई स्वागत गर्न आतुर छौं ।’
उहाँले चितवन पर्यटकीय हिसाबले चितवन महत्वपूर्ण जिल्ला भएको कुरा सबैमा जगजाहेर नै रहेको बताउनुभयो । ‘पछिल्लो समयमा देशका विभिन्न स्थानमा भएको घटनाक्रमले गर्दा चितवनमा असुरक्षा लगायत विषयमा कहीकतै सशंय छ भने तपाईहरुमाफर्तत सम्पूर्ण सरोकारवालालाई निवेदन गर्न चाहन्छु कि यहाँ शान्ति सुरक्षा लगायतको कुनै पनि समस्या छैन, ’उहाँले भन्नुभयो । प्रजिअ अर्यालले जिल्लामा शान्ति सुरक्षाको पूर्ण प्रबन्ध गरिएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij