२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

धन्वन्तरी जयन्ती : नेपालमा आयुर्वेद फस्टाउँदो क्रममा

आइतवार , कार्तिक २, २०८२

  • 775
    Shares
  • 775
    Shares
  • काठमाडौं, २ कार्तिक । सिंहदरबार वैद्यखाना विकास समितिका कार्यरत आयुर्वेद डा. विनोद साहले नेपालमा आयुर्वेदिक चिकित्सा फस्टाउँदो क्रममा रहेको बताउनुभएको छ ।

    सिंहदरबार वैद्यखाना विकास समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्तीको अवसरमा आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

    उहाँले सिंहदरबार वैद्यखानामा धेरै किसिमका आयुर्वेदिक औषधिहरु उत्पादन भएर विक्री वितरण भइरहेको जानकारी दिनुभयो । आयुर्वेदिक औषधिलाई नेपालका सबै जिल्लाका नागरिकमा सहज पहुँच पुग्नेपरि वैद्यखानाले काम गरिरहेको उहाँको भनाई छ ।

    उहाँले हालै वैद्यखानाका उत्पादन सुपथ मूल्यका उपलब्ध गराउनको लागि नरदेवी आर्युवेदिक चिकित्सालयसँग सम्झौता गरेको पनि जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘आयुर्वेदको अवस्था हेर्ने हो भने अहिले नेपालमा एकदमै फस्टाउँदो क्रममा अगाडी बढिरहेको छ । जहाँसम्म सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाको कुरा गर्ने हो भने अहिले धेरै किसिमको औषधिहरु निर्माण हुँदैछन् ।

    विक्री वितरण पनि भइरहेको छ । विस्तारै हामी नेपालभरिका जिल्लाहरुमा आर्युवेद औषधि विशेष गरेर सिंहदरबार वैद्यखाना विकास समितिका उत्पादनहरुलाई जनस्तरमा कसरी पु¥याउने भन्ने किसिमले हामी अगाडी बढिरहेका छौँ ।

    भर्खरै पनि हामीले नरदेवी आर्युवेदिक चिकित्सालयसँग एउटा सम्झौता गरेका छौँ । जसअन्र्तगत त्यहाँका औषधि वितरण कक्षबाट वैद्यखाना विकास समितिबाट उत्पादित औषधिहरु सुपथ मूल्यमा अझ विशेष छुटसहित किन्न पाउनुहुनेछ ।’ 

    सिंहदरबार वैद्यखाना विकास समितिमा आईतवार विशेष पूजाआज गरी समितिको ३१ औँ वार्षिक उत्सव तथा धन्वन्तरी जयन्ती मनाइएको छ । धन्वन्तरी जयन्ती आर्युवेद जगतमा लोकप्रिय रहेको डा साहले बताउनु भयो ।

    उहाँकाअनुसार पृथ्वीमा आयुर्वेदको अवतरण नै धन्वन्तरी भगवानले गराउनुभएको भन्ने विश्वास रहेको छ ।