२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

नर्सको आन्दोलनमा भीम अस्पतालका स्वास्थ्यकर्मीको ऐक्यवद्धता

बिहिवार , कार्तिक १३, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १३ कार्तिक । सरकारले तोकेको पारिश्रमिक पाउनुपर्नेसहित विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका नर्स तथा प्यारामेडिक्सहरुको आन्दोलनप्रति भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले ऐक्यवद्धता जनाएका छन् ।

    नेपाल सि.एम.ए.संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायका अनुसार बिहीबार दिउँसो भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आन्दोलनरत स्वास्थ्यकर्मीको पक्षमा प्लकार्डसहित अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।

    आन्दोलनरत नर्स तथा स्वास्थ्यकर्मीहरूको मागलाई न्यायसंगत ठहर गर्दै ती मागहरू तत्काल सम्बोधन गर्न उनीहरुले सरकारसँग आग्रह समेत गरेको उपाध्याले जानकारी दिनुभयो ।