२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र फोहरमैला व्यवस्थापनमा बिशेष जोड दिनु पर्ने

आइतवार , कार्तिक १६, २०८२

  • 571
    Shares
  • 571
    Shares
  • भैरहवा। स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई, स्वच्छता तथा फोहर मैला व्यवस्थापन सम्बन्धी भैरहवामा प्रदेश स्तरिय कार्यशाला गरिएको छ । स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा बिशेष रुपमा ध्यान पु¥याउन नसक्दा स्वास्थ्य सस्था तथा प्रयोगशालाहरुमा बिभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हुदाँ सरसफाईमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

    स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा बिशेष रुपमा ध्यान पु¥याउन नसक्दा स्वास्थ्य सस्था तथा प्रयोगशालाहरुमा बिभिन्न खालकोे संक्रमणको जोखिम बढ्ने हुदाँ सरसफाईमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिएका छन् । 

    युनिसेफको आर्थिक सहयोग, प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनीको संयोजकत्व तथा  छायाँ नेपाल र हिक्याफ ३६० को आयोजनामा भैरहवामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लुम्बिनी प्रशदेशका धेरै जसो स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ, स्वच्छता र फोहोरमैला व्यवस्थापनको अवस्था कमजोर देखिएको बताएका छन् । 

    स्वच्छ पानी, सरसफाइयुक्त शौचालय, फोहर व्यवस्थापन प्रणाली र सरसफाइजन्य चेतनाको अभावले गर्दा स्वास्थ्य सेवा लिन आउने बिरामी मात्र होइन, स्वास्थ्यकर्मीहरू समेत जोखिममा परिरहेका छन् । 

    कार्यक्रममा प्रदेश योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले खानेपानी, सरसफाइ र फोहर व्यवस्थापनमा सुधार भए स्वास्थ्य सेवा प्रभावकारी बन्दै जाने बताउनु भयो । उहाँले बजेटको अभाव, जनशक्ति कमी र अनुगमन नहुँदा सुधारको प्रयास भएपनि कतिपय अबस्थामा काम प्रभावकारी हुन नसकेको बताउनुभयो ।

    स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशन लाल चौधरीले अहिलेपनि कतिपय सस्थाले प्रयोग गरिएका सुई–सिरिन्ज, पञ्जा, मास्क र औषधिजन्य फोहर खुला ठाउँमा फालिएको बताउदै यसबाट संक्रमण फैलिन सक्ने बताउदै यस्तो नर्गन आग्रह गर्नुभयो । 

    IMG_9406.JPG

    कार्यक्रममा युनिसेफको तर्फबाट अरिनीता मास्के श्रेष्ठले प्यानडेमिक फन्ड, रिपब्लिक अफ कोरिया का का तर्फबाट प्राप्त अनुदानबाट लुम्बिनी प्रदेशमा सञ्चालित कार्यक्रमका प्रमुख क्षेत्रहरुको परिचय दिनुभएको थियो । 

    धेरै स्वास्थ्य संस्थामा खानेपानीको उचित व्यवस्था छैन, फोहर संकलन र नष्ट गर्ने प्राविधिक सुविधा उपलब्ध छैन, उहाँले भन्नुभयो –‘खानेपानीको स्वच्छता र प्रयोगशालाई दक्ष जनशक्ति राखेर गुणस्तरमा बिशेष ध्यान दिनु पर्दछ ।यसका लागि संघिय स्तरमा गरिएको गोष्ठिले सन् २०३० सम्म को दिगो विकासका लक्ष्य प्राप्त गर्न प्रदेश तथा जिल्लामा चाहिने अनुमानित लागतको लेखाजोखा समेत प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा छायाँ नेपालका कार्यक्रम संयोजक राम महर्जनले सस्थाद्वारा सञ्चालित कार्यक्रमको उद्धेश्य, प्रस्तुतिकरण सहित कार्यक्रमको समग्र विवरण, सरोकारवालाको संलग्नता, अपेक्षित परिणाम र लगानी योजनाका बारेमा जानकारी दिनुभयो । 

    कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. सुदन पन्थीले पानी र फोहर पानी अनुगमन, निगरानी र बिभिन्न सरोकारवालाहरुको भुमिका र हालसम्म भएका प्रगतिका बिषयमा जानकारी गराउनु भएको थियो । 

    त्यसैगरी हिक्याफ ३६० का प्रेरणा डंगोलले लुम्बिनी प्रदेशको स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनको अबस्था, चुनौती तथा आगामि कार्यबारे प्रस्तुतिकरण गर्नुभएको थियो