शुक्रवार , कार्तिक २१, २०८२
काठमाडौं, २१ कार्तिक । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ ।
आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताउनु भयो । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो– ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो ।
पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’
इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उहाँको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij