२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

सुखको प्राप्ति : मृगतृष्णा !

शनिवार , कार्तिक २२, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • सरिताको संघर्षशील कथा
    घरकी जेठी छोरी, कामको चाप उस्तै । स्कुल अघिपछि घाँस दाउरा । छुट्टीका दिन माहारा । तैपनि जिन्दगीको यात्रा अघि बढाउन नपढी भएन ।

    १६ वर्षको किशोरवयमा उनले पाल्पा, तिनाउ, झुम्साको तिलोत्तमा माविबाट एसएलसी दिइन् । तर, नतिजा सोचेजस्तो सकारात्मक आएन । दुई विषयमा अनुत्तीर्ण भएको मार्कसिट आइपुग्यो । हरेश खाइनन् । पछि सबै विषय दिएर एसएलसी उत्तीर्ण गरेकी सरिता कार्कीले कक्षा १२ भने सजिलै पास गरिन् । तर, बीएड् पढ्ने धोकोलाई उनले भूजासँगै पोको पारिन् । त्यो उनको पारिवारिक बाध्यता थियो । आर्थिक अभावको पराकाष्ठा थियो । एसएलसी दिनासाथ छिमेकी गड्डा गाउँका चन्द्रबहादुरसँग लगनगाँठो कसेकी थिइन् सरिताले । न त्यो मागी बिहे थियो न त भागी बिहे । जीवन जिउने संघर्षरत् यात्रामा उनका संघर्षशील यात्रा पीपलका जराभन्दा गढिला र लामा छन् ।

    उनले बाँच्न र सन्तानका सुखका लागि बुटवल बजार झरेर भूजाका पोका पारिन् । अटोरिक्सा हाँकिन्  । बैंकको सुरक्षागार्ड बनिन् । सिकाई र भोगाइका गाडा गुडाई रहिन् । त्यसपछि उनले ब्यूटीपार्लरको तालिम लिएर सिटीईभीटीबाट एक तहको स्कीलटेष्ट पास गरिन् । रुपन्देही,स ैनामैनाको मुर्गिया बजारमा ब्यूटीपार्लर खोलिन् र व्यवस्थित रुपमा सञ्चालन गरिन् । प्रतिष्पर्धात्मक बजारमा उनलाई टिक्न हम्मेहम्मे पर्याे । सन्तानको शिक्षा  दीक्षा र पालपोषणमा ब्यूटीपार्लर पेशा सहायक र सहयोगी बनेता पनि सशक्त बन्न सकेन । त्यो पेशालाई थाँती राखेर पासपोर्ट बनाई विदेश यात्राका लागि तयार भइन् । त्यो उनको बाध्यताको उपज थियो । सन्तान र आफ्नो सुखका लागि पहिलो वैदेशिक यात्रा थियो ।

    दुई सन्तानकी आमा सरिता यतिबेला माल्टा देशमा रोजगारकै सिलसिलामा पुगेकी छिन् । उनी भन्दै थिइन्–अंग्रेजी भाषा नजान्दा यतिबेला दुःख पाइएको छ । हुन त थुप्रै दुःख भोगेर आएकी म, सुखको प्राप्ति मृगतृष्णा हुन सक्छ !