२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

एलएसडीटीमा पुस्तक पठनको महत्वबारे तालिम सम्पन्न

शनिवार , कार्तिक २२, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा, २२ कार्तिक । लिडरसीप स्किल्स डेभलेपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १७८ औ श्रृंखला शनिबार सम्पन्न भएको छ । उक्त श्रृंखलाका कार्यक्रम संयोजक रमेश चौरसियाले असल लिडर बन्नका लागि पढ्नुपर्ने बताउनुभएको छ ।

    सोही कुरालाई मध्यनजर गर्दै पढ्ने अभ्यासको तालिम प्रदान गरिएको चौरसियाले बताउनुभयो । प्रशिक्षार्थीहरुले आफूलाई मनपर्ने पुस्तक पढेर पुस्तकबाट सिकेको विषय साझा गरेको उहाँले जानकारी दिनुभयो । 
    विभिन्न विधाका करिब १ दर्जन प्रशिक्षार्थीहरुले एलएसडीटीले पुस्तक पठनको महत्व  अनुभव गरेको बताएका थिए ।

    कार्यक्रमका अतिथि शिक्षा क्षेत्रमा चार दशक अनुभव संगाल्नुभएका पूर्व प्राचार्य गोबिन्द प्रसाद न्यौपानेले तालिमको विधिबारे प्रशंशा गर्दै स्वयं अनुभूतका आधारमा सिक्ने सिकाउने तरिकाले मानिसको जुनसुकै पनि क्षमता वृद्धि हुने बताउनुभयो । ‘एलएसडीटीको तालिममा सैद्वान्तिक ज्ञान भन्दा व्यवहारिक अनुभवबाट सिकाउने गरिन्छ, ‘उहाँले भन्नुभयो । 

    WhatsApp Image 2025-11-08 at 6.27.59 PM (1).jpeg

    एलएसडीटीमा जेनजी उमेर वर्गका सहभागीहरुको आकर्षण बढ्दै  गइरहेकोले समाज रुपान्तरणमा यो तालिमको महत्वपूर्ण भूमिका हुने भन्दै उपस्थिति सबैलाई  एलएसडीटी युथका रिशव विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन आस्था उद्यमी महिला संस्थाकी सदस्य बबिता पाण्डेले गर्नुभएको थियो ।

    एलएसडीटि निशुल्क सञ्चालन हुने गर्दछ । इच्छुकले स्वेच्छिक योगदान गर्दै आएको एलएसडीटीले जनाएको छ । ४ वर्षअघि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट सुरु गरिएको यो तालिमको मुख्य प्रशिक्षक तथा प्रस्तोता विजय पाण्डे हुनुहुन्छ । उहाँ संघको पूर्व महासचिव हुनुहन्छ । पाण्डे उत्प्रेरक वक्ताका रुपमा परिचित हुनुहुन्छ । कार्यक्रम भैरहवास्थित एसियन बुद्ध होटलमा हरेक शनिबार बिहान ८ देखि १०ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ ।