आइतवार , कार्तिक २३, २०८२
भैरहवा, २३ कार्तिक । युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवामा वियोन्ड इमेजिन्ङ्ग’ (RadiologyM Beyond Imaging) विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
८ नोभेम्बर अर्थात ‘विश्व रेडियाग्राफी दिवस’ को अवसरमा आइतबार अस्पतालको रेडियोलोजी विभागको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले अस्पतालमा रेडियोलोजी विभागले करिब २५ वर्षदेखि निरन्तर उत्कृष्ट सेवा दिइरहेको बताउनुभयो । उहाँले चाँडै नै अस्पतालले २८ स्लाइसको अत्याधुनिक सि.टी.स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।
उक्त कार्यशालामा प्रा.डा.सन्तोष शाह, प्रा.डा.कृष्ण कुमार अग्रवाल, उप.प्रा.डा.राजकुमार के.सी., डा.सन्तोष मिश्रा, डा.निश्चल गौतमले स्वास्थ्यमा रेडियोलोजीको महत्व, अन्तर्राष्ट्रियस्तरमा विकसित प्रविधि, अन्तरविभागीय सम्बन्ध, रोगको निदानमा यसको उपयोगिता बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, रेडियोलोजी विभागका सह–प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापा, डा.राजेन्द्र के.सी., डा.रविन्द्र उपाध्याय, मेट्रोन विष्णु गुरुङ्ग, एम.आइ.टी संयोजक सुभाष चन्द्र यादव, प्रशासन संयोजक तेज कुमार के.सी., कृष्ण प्रसाद पोख्रेल, विभिन्न आवासीय चिकित्सक, कर्मचारी लगायतको उपस्थिति थियो ।
युसीएमएसका मेडिकल सुपरीटेण्डेण्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदन मूखीको सभापतित्व तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सह–प्रा.डा.सन्जु रावलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन डा.महामुनिर अहमदले गर्नुभएको थियो ।
यसैबीच ‘विश्व रेडियाग्राफी दिवस’ को अवसरमा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको थियो ।
अघिल्लो वर्ष २०८१ मा रेडियोलोजी विभाग अन्तर्गत ४४ हजार ८ सय ४६ एक्स–रे, २४ हजार ८ सय ४८ भिडियो एक्स–रे, ७ हजार २ सय ७६ सिटी स्क्यान, ३ हजार १ सय ७३ एम.आर.आई., ८ सय २ कलर डप्लर, २ सय २१ इ.इ.जी, १२६ मेमोग्राफी, २ हजार ७ सय ४० ओ.पि.जी.मार्फत बिरामीलाई सेवा प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij