कसैको रहरमा या कसैको करमा
यस धर्तीमा मैले जन्म लिएको रे
सबैको भिडमा कसैले मेरो नाम
मान्छे भनि जुराई दिएको रे
जब मलाई मान्छे भनियो
ऊ तेरो आमा बा भनि चिनाइयो
यो सानो मान्छे रुपी बस्तुलाई
नाताका अनगिन्ती सिक्रीले बाधियो
उमेर संगै जिम्मेवारीका पानाहरुले
दिमागका खालि ठाउभर्न लगाईयो
कर्तव्यको नाममा सारा जिबन
सानो पिजडा भित्र बन्धक बनाईयो
परिवार मात्र होईन, यो बस्तुलाई
साथीसंगिनी पनि भनि चिनाईयो
साथी संगिनी भित्रको साइनोमा
सानो,ठुलोको अहमता भरि दीईयो
धनि, गरिब, जात, भातको
आडम्बरले सधै मनभारि बनिरहयो
हड्डी मासुको सजिब थुप्रोलाई
बारम्बार चोट पुराई रहयो
कहिले “त” मेरो मान्छे भन्छन्
कहिले “त” उसको मान्छे भन्छन्
तेरो मान्छे र मेरो मान्छेको नाममा
मेरो नाममा अर्को नाम जोडी दिन्छन्
जिबन त खाली शुन्य रहेछ
बेकारमा सधै मन भारि रहयो
नाता, गोता, साथी संगिनी
केहि छिनको मात्र नाता रहेछ
जसरि खालिहात आए यो धर्तीमा
त्यसरी नै खालिहात जानुपर्ने रहेछ
माया, ममता, नाता, गोता त केवल
केहि समयको नाटक मात्र रहेछ