आइतवार , कार्तिक ३०, २०८२
लुम्बिनी, ३० कार्तिक । लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता सुरू भएको छ । बौद्ध शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा रूपन्देहीका २४ वटा विद्यालयका विद्यार्थीको सहभागीता छ । प्रतियोगितामा बौद्ध शिक्षामा रहेर प्रश्नहरू सोधिने बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयो । विद्यालय तहबाटै बुद्ध शिक्षाको ज्ञान बढाउनका लागि विश्वद्यिालयले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । यसले विद्यालय तहबाट नैतिकवान जनशक्ति विकास हुने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना स्थानले ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विश्वविद्यालयले मंसिर १४ परेको आफ्नो २० औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij