२०८२, मंसिर ३ गते

Nov 19 2025 | २०८२, मंसिर ३ गते

मेडिकल क्षेत्र जसरी नै अरु क्षेत्रले पनि फड्को मार्नुपर्छ : सुनिल शर्मा

बुधवार , मंसिर ३, २०८२

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं, ३ मंसिर । पूर्वसांसद डा. सुनिल शर्माले मेडिकल विधाले छलाङ मारेको बताउनुभएको छ ।

    नोबेल मेडिकल कलेजको ‘नोबेल डे’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अरु क्षेत्रमा पनि मेडिकल जगत्मा जस्तै नेपालमा फड्को मारेको भए मुलुक दुबइ, सिंगापुर बनिसकेको हुने बताउनु भयो ।

    शर्माकाअनुसार राज्यका नीति र सबैको मेहनतले नेपालले मेडिकल क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । अब अरु क्षेत्रमा पनि फड्को मार्न जरुरी रहेको उहाँको भनाइ छ । 

    डा. शर्माले भन्नुभयो–‘वास्तवमा मेडिकल विधामा नेपालले आफूलाई जति छंलाङ मार्नसक्यो । अरु विधामा यसरी नै छंलाङ मारेको भए  हामी दुबइ वा सिंगापुरको हाराहारीमा यो मुलुकलाई पु¥याउन सक्थ्यौं ।

    तर मेडिकलमा मात्र अघि बढ्यो अरुमा कम प्रोगे्रस भयो । त्यसकारणले यहाँसम्म आइपुग्नुको पछाडी राज्यको नीति सबैको परिश्रम, मेडिकल क्षेत्रले आफूलाई फास्ट ट्रायकमा विकास गरेका कारणले हामी यहाँ सम्म आइपुग्यौं ।

    अब हाम्रो जमाना त गइसक्यो । जेनजीहरुको जमाना छ । म आश गर्छु अर्को २० वर्ष पछाडी म बुढो भएपछि पनि नोबल डे मनाइरहँदा आज जुन ठाउँमा पुगेको छ यो भन्दा अझ अगाडी २० गुणा ग्रो भएको हामीले देख्न पाइयोस् ।’

    प्रध्यापक डाक्टर अच्युत वाग्लेले मेडिकल क्षेत्रमा आएको अत्याधुनिक प्रणालीलाई आत्मसाथ गर्नु नै अहिलेको मुख्य चुनौति रहेको बताउनु भयो । 

    अहिले एआइ, रोबर्टको प्रयोग मेडिकल क्षेत्रमा भइरहेको बताउँदै उहाँले त्यसलाई अंगिकार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    वाग्लेले भन्नुभयो–‘प्रविधिमा आएको आमुल परिवर्तनलाई अत्मसात गर्नु नै अहिलेको मुख्य चुनौती हो ।

    एआइसहितका नयाँ प्रविधिलाई अङ्गालेर मेडिकल क्षेत्रमा पनि अघि बढ्नुपर्ने आवश्यकता छ । अहिले मेडिकल क्षेत्रमा रोबर्टको साहारामा धेरै काम हुन थालेका छन् । त्यसको प्रयोग गर्नु पनि नेपालका लागि चुनौतिकै विषय हो । हामीले के कसरी गर्ने त्यसतर्फ ध्यान दिनपर्छ ।’ 

    नोबेल मेडिकल कलेजकी निर्देशक सोइना शर्माले अत्याधुनिक प्रणालीबाट नोबलले सेवा दिनुका साथै सरकारी नीतिहरुको समेत परिपालनामा आफूहरु अब्बल रहेको बताउनु भयो । उहाँकाअनुसार स्वास्थ्य बीमा लागूदेखि विपन्नलाई उपचार प्रदान समेत नोबलले गरेको छ । 

    निर्देशक शर्माले भन्नुभयो,‘हामीले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम लागू गरेर सर्बसुलभ रुपमा आम नागरिकको उपचार गरिरहका छौं । असहाय अशक्तका लागि पनि सहुलियतमा उपचार गरिरहेका छौं ।

    सरकारले १० प्रतिशत बेड असहायअशक्तका लागि छुट्टाउनुपर्ने नियमलाई हामीले पालना गरेका छौं । गत साल १२ करोड बराबरको नोबेलले विपन्न अशक्तका लागि स्वास्थ्य उपचार गराएर सहयोग गरेको छ ।’

    विराटनगर महानगरपालिका प्रमुख नागेश कोईरालाले निजी क्षेत्रमा सबैभन्दा नाम चलेको संस्थाका रुपमा नोबेल मेडिकल कलेज स्थापित भएको बताउनु भयो । उहाँकाअनुसार नोबल स्थापनापछि केही डाक्टरले मात्रै नभई समाजमा धेरैले रोजगारी समेत पाइरहेका छन् । 

    उहाँले भन्नुभयो –‘संस्था भित्र मात्रै नभई सिंगो समाजले रोजगारी पाउन गरी नोबलले काम अघि बढाएको छ । विगतमा उपचारका लागि यहाँबाट भारत सिंगापुर जानुपथ्र्यो । त्यो उपचारमा अप्नाइने प्रविधि सबै यहाँ भित्राइएका कारण ९५ प्रतिशत बिरामी अब बाहिर जानुपर्ने अवस्था हटेको छ ।’

    उहाँले नोबल मेडिकल कलेजको स्थापनापछि स्वास्थ्य क्षेत्रमा धेरै नै प्रगति भइरहेको बताउनु भयो । उहाँले उपाचारका लागि बाहिर जाने बाध्यता हट्नु सुखद् भएको समेत बताउनु भयो ।