२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

बजाज शून्य अफरमा शेखले जिते एकलाख 

सोमवार , बैशाख १३, २०७८

भैरहवा, १३ वैशाख ।
बजाज कम्पनीको नयाँ वर्ष शून्य अफर अन्तरगत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका आशिक अहमद शेखले एकलाख रुपैयाँ प्राप्त गरेका छन् । दुई पांग्रे सवारी बजाज कम्पनीको भैरहवाका लागि आधिकारिक विक्रेता बज अटोमोबाइल्स प्रा.लि.बाट मोटरसाइकल खरीद गर्दा शेखले उक्त रकम बराबरको कुपन जितेका थिए ।

उक्त रकमको चेक आइतबार कम्पनीका प्रबन्ध निर्देशक हरि बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । प्रबन्ध निर्देशक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीका निर्देशक गुरु बहादुर क्षेत्री, महिला उद्यमी हेमा बेल्बासे (के.सी.) लगायतले शुभकामना व्यक्त गरेका थिए ।