२०८२, मंसिर १६ गते

Dec 02 2025 | २०८२, मंसिर १६ गते

एउटै सामूदायिक विद्यालयबाट ११ एमबीबीएससहित ४२ जनाले निकाले पूर्ण छात्रवृत्तिमा नाम

मंगलवार , मंसिर १६, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • बुटवल, १६ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट कक्षा १२ उत्र्तीण गरेका ४२ जना विद्यार्थीले नेपाल सरकारले प्रदान गर्ने स्नातकतर्फ विभिन्न संकायका निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । जुन सामूदायिक विद्यालयतर्फ हालसम्मकै सबैभन्दा बढी संख्या हो । 

    एकैपटकमा एमबीबीएसतर्फ एउटै विद्यालयका ११ जनाले निःशुल्क नाम निकालेका हुन । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ११ जनाले एमबीबीएसतर्फ, २३ जना बीफार्मातर्फ, विएस्सी नर्सिंगतर्फ २ जना, बिबीएस्सीतर्फ २ जना, विटेकतर्फ १ जना र बीबीएसतर्फ १ जनाले निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन । 

    विद्यालय तहमा शिक्षक, विद्यार्थी र अभिभावकको साझा सहकार्यबाट मात्रै उत्कृष्ट नतिजा प्राप्त गर्न सम्भव भएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

    कालिका मानवज्ञान मावि बुटवल १० कालिकानगर र रामनगर गरी दुईवटा सेक्टरमा सञ्चालित छ । जहाँ देशभरकै सबैभन्दा बढी ८ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।