२०८२, मंसिर १७ गते

Dec 03 2025 | २०८२, मंसिर १७ गते

२२ औं सामूहिक खेलकुद महोत्सव हुँदै

बुधवार , मंसिर १७, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, १७ मंसिर । सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा २२ औं सामूहिक खेलकुद महोत्सव–२०८२ भैरहवामा हुने भएको छ । महोत्सव अन्तर्गत ज्वाइन्ट क्रिकेट कप, ज्वाइन्ट भलिबल कप र ज्वाइन्ट स्पोटर्स मिट हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    परिवारका अध्यक्ष समसाद इद्रीसीका अनुसार क्रिकेट कप मंसिर १९ देखि २२ गतेससम्म सिद्धार्थ क्रिकेट रंगशालामा, भलिबल कप मंसिर २३ देखि २४ गतेसम्म नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालय र स्पोटर्स् मिट (एथ्लेटिक्स) मंसिर २७ देखि २९ गतेसम्म पक्लिहवा कृषि क्याम्पसमा हुनेछ । 

    बालबालिकालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न तथा उनीहरुलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि स्थान उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा करिब १ हजार २ जना खेलाडीहरुको सहभागीता रहने इद्रीसीले बताउनुभयो ।

    ‘स्थिरता र शान्तिका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवका सम्पन्न गर्न तयारी तीव्र रुपमा अघि बढिरहेको कार्यक्रम संयोजक दिपक थापाले बताउनुभयो । महोत्सव सञ्चालन गर्न करिब ११ लाख ६१ हजार रुपैयाँ खर्च हुने उहाँले जानकारी दिनुभयो । 

    वि.सं. २०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवार, रुपन्देहीमा हाल १८ वटा विद्यालयहरु आबद्ध रहेको पूर्वअध्यक्ष गोकुल पोखरेलले बताउनुभयो ।