२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

बसन्तपुर प्राथमिक स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

शुक्रवार , मंसिर १९, २०८२

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, १९ मंसिर । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित बसन्तपुर प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा (सुरक्षित मातृत्व तथा बर्थिङ सेन्टर भवन) उद्घाटन गरिएको छ । ४० लाख रुपैयाँको लागतमा निर्माणसम्पन्न भएको उक्त भवनको शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादवले उद्घाटन गर्नुभएको हो ।

    cbe6f739-8749-4fb4-8309-a97906716399.jpg

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले पहिले नै भवन उद्घाटन हुने भन्दै १५ सैयाको भवनको मागले गर्दा ढिला भएको बताउनुभयो । 

    त्यस्तै ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडाअध्यक्ष मदन प्रसाद पोखरेलले नयाँ भवनबाट स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सेवाग्राहीलाई सजिलो हुने बताउनुभयो । उहाँले साथै स्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरुले राम्रो सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

    ओमसतिया–४ का अध्यक्ष अखिलेश्वर कुमार पाण्डेले स्वास्थ्य सेवा केन्द्रमा सबैभन्दा समस्या प्रसुतिको बताउँदै अब बनेसँगै सेवाग्राहीलाई राम्रो सुविधा मिल्ने बताउनुभयो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख उमा देवी थापाले सेवा मात्र दिएर नहुने बताउँदै गुणस्तरमा पनि जोड दिनुपर्ने बताउनुभयो ।