२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

विद्यालयमा गठित ईको क्लबको भूमिका विषयक छलफल

शनिवार , मंसिर २०, २०८२

  • 895
    Shares
  • 895
    Shares
  • पाल्पा, २० मंसिर । पाल्पाको तिनाउ गाउँपालिकाभित्र रहेका ९ वटा माध्यमिक विद्यालयमा गठित ईको शिक्षक र ईको क्लबका विद्यार्थीसँग वन, वातावरण र जैविक विविधता संरक्षणका लागि ईको क्लबको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।

    शुक्रबार सिद्धबाबा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुुरुङले ईको क्लब गठनको उद्देश्य, क्लबको जिम्मेवारी, ईको शिक्षकको भूमिका र समन्वय समितिको समन्वय एवमं सहकार्यका सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा अतिथिको रुपमा रहनुभएका संरक्षणकर्मी एवं लेखक, पत्रकार ददि सापकोटासँग वन, वातावरण र जैविक विविधता संरक्षणमा ईको क्लवको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो । उहाँले वनको संरक्षणमात्र नभइ सदुपयोग गर्न समेत समूहहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सापकोटाले वन्यजन्तुको गुण, विशेषता, प्रभावका बारेमा विद्यार्थीलाई बताउनुभएको थियो ।

    WhatsApp Image 2025-12-05 at 3.46.06 PM (1).jpeg

    ईको शिक्षक रुद्र जि.सी., माधव पौडेल, देवी जि.सी., अनिता गाहालगायतले जिज्ञासा राख्नुभएको थियो । सामुदायिक वन समन्वय समिति, तिनाउको आयोजना तथा डिभिजन वन कार्यालय, पाल्पाको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको संयोजन समन्वय समितिका सदस्य विकास अर्यालले गर्नुभएको थियो ।