२०८२, मंसिर २७ गते

Dec 13 2025 | २०८२, मंसिर २७ गते

प्याब्सन मायादेवीको ७ औं साधारण सभा सम्पन्न

शुक्रवार , मंसिर २६, २०८२

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, २६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवी गाउँपालिका, रुपन्देहीको ७ औं वार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । 

    प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दीपक खनालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । 

    कार्यक्रमको उदघाटन गर्नुहुँदै प्रमुख अतिथि खनालले निजी शिक्षाको गुणस्तर र विश्वसनीयता बढाउन संगठनभित्र मजबुत एकता अपरिहार्य भएको बताउनुभएको छ । उहाँले प्याब्सन शिक्षा क्षेत्रको साझेदार भएको जोड दिदै यसलाई बलियो बनाउने जिम्मा सबै सदस्यको सामूहिक प्रतिबद्धतामा निर्भर रहेको बताउनुभयो । 

    त्यस्तै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले प्याब्सन गतिविधि, चुनौती र उपलब्धिबारे जानकारी दिँदै प्याब्सन मायादेवीलाई सक्षम र उत्तरदायी बनाउन सबै सदस्य एकै दृष्टिकोणमा उभिनुपर्ने आवश्यकता भएको बताउनुभयो । 

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले शिक्षा क्षेत्रलाई गुणस्तरीय, परिमाणभन्दा गुणमा आधारित बनाउन अहिले संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

    प्याब्सन मायादेवीका संस्थापक अध्यक्ष एवं सल्लाहकार भरत गिरीले स्थापनाकालदेखि नै प्याब्सन मायादेवीले शैक्षिक सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद भुसालले प्याब्सनले हरेक वर्ष गतिविधि विस्तार गर्दै आएको बताउनुभयो । उहाँले यसलाई  पारदर्शिता, सुशासन र संगठनभित्रको आन्तरिक एकता अझ मजबुत बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

    प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवको स्वागतमा भएको कार्यक्रममा प्याब्सन सचिव बिरजु नाथ सिंहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा प्याब्सन मायादेवीमा आबद्ध भएका नयाँ विद्यालयहरुलाई स्वागत र सम्मान गरिएको थियो ।