२०८२, मंसिर २८ गते

Dec 14 2025 | २०८२, मंसिर २८ गते

कालिका मानवज्ञानमा कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

आइतवार , मंसिर २८, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • बुटवल, २८ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो । जसमा छात्रछात्रा भलिबलदेखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक हिरामन प्रधानले जानकारी दिनुभयो ।

    जसअन्तर्गत कबड्डी छात्रतर्फ ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन् । त्यस्तै शिक्षा समुह सेक्टर १ द्वितीय भएको छ ।  कबड्डी छात्रातर्फ व्यवस्थापन नेपाली मिडियम समूह प्रथम र सुजाता बुढाथोकीको समूह द्वितीय भएको छ ।
    त्यसै गरी भलिबलतर्फ व्यवस्थापन समूह सेक्टर १, द्वितीय व्यवस्थापन समूह सेक्टर २ कक्षा १२ को समुह भएको हो । छात्रा भलिबलतर्फ कक्षा ११ शिक्षा समुह र द्वितीय व्यवस्थापन समूह सेक्टर १ भएको छ ।

    १०० मिटर दौडमा ११  विज्ञान ए की योजन गौतम, छात्रातर्फ कृत पराजुली, २०० मिटरतर्फ योजन गौतम र छात्रातर्फ कृति पराजुली नै प्रथम भएकी छिन् । ४०० मिटरतर्फ रोशन भुसाल कक्षा १२ र छात्रातर्फ कृति पराजुली प्रथम भएकी हुन । त्यस्तै ८०० मिटर दौडमा रोशन भुसाल र १५०० मिटर दौडमा रोशन भुसाल र एलिसा श्रीष सेक्टर २ व्यवस्थापन संकाय प्रथम भएकी छिन् । 
    त्यस्तै ३०० मिटर छात्रतर्फ रोशन भुसाल र छात्रातर्फ एलिाशा श्रीष प्रथम भएकी हुन् । 

    लंगजम्प प्रथम स्लोक हरिजन र छात्रातर्फ कृति पराजुली प्रथम भएकी छिन् । त्यस्तै त्रिपल जम्पतर्फ स्लोक हरिजन ११ बी  शिक्षा समूह र छात्रातर्फ कृति पराजुली प्रथम भएकी हुन । त्यस्तै सटपुटतर्फ जोरामुखी पुन मगर र छात्रतर्फ विक्की यादव प्रथम भएका हुन् । 

    प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई वार्षिक उत्सवको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिनुभयो । यसको साथै बाल कक्षादेखि कक्षा १० सम्मका खेलकुद कार्यक्रम समेत विद्यालयमा जारी रहेका छन् ।