आइतवार , मंसिर २८, २०८२
भैरहवा, २८ मंसिर । सामाजिक विकास तथा सेवा समूह सिद्धार्थनगर–७, १२ जनकपथ, रुपन्देहीको २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।
साधारण सभा तथा अधिवेशनले शालिकराम पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समूहको उपाध्यक्षमा लक्ष्मण ज्ञवाली, सचिवमा मीना शर्मा र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरे रहनुभएको छ । त्यस्तै सदस्यहरूमा निशा भट्टराई, नरहरि घिमिरे, शारदा नेपाल, लक्ष्मण पौडेल र सरिता पाण्डे रहनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सामाजिक विकास तथा सेवा समूह सामाजिक भावले अगाडि बढेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थनगर–१२ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, ९ का अध्यक्ष कुमार गुरुङ, संस्थाका सल्लाहकार हरिराज विष्ट, डिल्लीराज भट्टराई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थालाई सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सल्लाहकार कपुरचन्द महासेठ, गोविन्द बस्याल र आजीवन सदस्य दुर्गा प्रसाद भट्टराई रहनुभएको छ ।
संस्थाका अध्यक्ष सरस्वती दाहालको अध्यक्षता तथा सचिव लक्ष्मण ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कुलानन्द ज्ञवाली, डा अनन्त कुमार शर्मा, मणि कुमार ज्ञवाली, लता प्रधान , दीपक भट्टराई लगायतको आतिथ्यता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij