२०८२, पौष ३ गते

Dec 18 2025 | २०८२, पौष ३ गते

कालिका कप सुरु : भलिबलतर्फ प्रतियोगितातर्फ १० वटा खेल सम्पन्न

बिहिवार , पौष ३, २०८२

  • 454
    Shares
  • 454
    Shares
  • बुटवल, ३ पुस । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६५ औ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा आयोजित जिल्लास्तरीय कालिका कपको पहिलो दिन छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।  

    पहिलो दिनको खेलमा छात्र भलिबलतर्फ ६ वटा खेल समापन भएका छन् । पहिलो खेल उजिरसिंह मावि र त्रिभुवन एकेडेमीबीच भएकोमा उजिरसिंह मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेल ज्ञानोदय मावि र सैनामैना माविबीच भएकोमा सैनामैना मावि विजयी भएको छ ।

    तेस्रो खेल ईन्टलएक्चुअल एकेडमी र दीप बोर्डिङ्गबीच भएको खेलमा दीप बोर्डिङ विजयी भएको हो । सेन्ट जोसेफ मावि र शान्ति नमूना माविबीच भएको खेलमा सेन्ट जोसेफ मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । 

    त्यस्तै क्यानन् मावि र कापन्त माविबीचको खेलमा कान्ति मावि विजयी भएको हो । त्यस्तै ईड्न बोर्डिङ्ग र नविन औद्योगिक माविबीच भएको खेलमा नविन मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको कालिका कप आयोजक समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिनुभयो ।

    त्यस्तै छात्रातर्फको भलिबल प्रतियोगितामा चारवटा खेल सम्पन्न भएका छन् ।  जसमा पहिला मणिमुकुन्द मावि र दीप बोर्डिङबीच भएका खेलेमा दीप बोर्डिङ विजयी भएको छ । 

    त्यसै गरी शान्ति नमूना मावि र देवदह बुद्ध पब्लिक माविबीच भएको खेलमा देवदह बुद्ध पब्लिक मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । त्यस्तै छात्रातर्फको भलिबल प्रतियोगीताको तेस्रो खेलमा सैनामैना मावि र कान्ति माविबीच भएको खेलमा कान्ति मावि विजयी भएको हो ।

    मंगलबार भएको अन्तिम खेल अक्सफोर्ड मावि बुटवल र सीता माविबीच भएकोमा सीता मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

    कालिका कप अन्र्तगत आयोजना गरिएको जिल्लास्तरीय कबड्डी प्रतियोगिता छात्रतर्फ ४  र छात्रातर्फ ४ गरी ८ वटा खेल भएका छन् । 

    छात्रतर्फ पहिलो खेलमा नयाँ गाउँ मावि र कान्ति माविबीच भएकोमा कान्ती माविविजयी भएको छ । त्यस्तै मणिमुकुन्द मावि र क्यानन्बीच भएको खेलमा मणिमुकुन्द मावि विजयी भएको हो । 

    त्यस्तै कालिका मानवज्ञान मावि र बुद्ध दीप स्कूलबीच भएको खेलमा कालिका मानवज्ञान मावि विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।  त्यसै गरी पशुपति मावि र त्रिभुवन एकेडमीबीच भएको खेलमा त्रिभुवन एकडेमी विजयी भएको हो । 

    विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुका अनुसार छात्रा कबड्डी प्रतियोगितामा होराईजन जिबीएस र अक्सफोर्डबीच भएको खेलमा अक्सफोर्ड विजयी भएको छ । त्यस्तै इन्टेलएक्चुअल मावि ईड्न बोर्डिङबीच भएको खेलमा ईड्न बोर्डिङ विजयी भएको हो ।  

    त्यस्तै कान्ति मावि र दीपबीच भएको खेलमा कान्ति मावि विजयी भएको हो । छात्रातर्फको चौथो कबड्डी प्रतियोगीतामा होराईजन बोर्डिङ र त्रिभुवन एकेडमीबीच  भएकोमा होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको  खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिनुभयो ।

    प्रतियोगिताको विद्यालयका पूर्व प्रधानाध्यापक तथा प्रमुख सल्लाहकार बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक र विद्यालयका प्रधानाध्यापक दिनेश थापाले  रेफ्रीलाई खेलकुद सामग्री प्रदान गरी शुभारम्भ गरेको इभेन्ट संयोजक  हरिस ओली जानकारी दिनुभयो ।