शुक्रवार , पौष ४, २०८२
रुपन्देही, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त हुनु भएको छ । सभापति लामिछाने रुपन्देही जिल्ला अदालत पुगेर कानुनी प्रत्रिया पुरा गरेसंगै थुनामुक्त हुनु भएको हो ।
काठमाण्डौबाट बिमानमार्फत चितवन पुग्नुभएका लामिछाने चितवनबाट स्थलमार्ग हुदैं भैरहवा पुग्नु भएको थियो । जिल्ला अदालत रुपन्देहीका सुचना अधिकारी पदम अर्यालले अदालतमा आएर बुटवल उच्च अदालत, तुलसीपुर ईजलासले दिएको आदेश अनुसारको कानुनी प्रक्रिया पुरा गरेपछि थुनामुक्त हुनु भएको बताउनु भयो ।
सभापति लामिछाने भैरहवा गएपछि अहिले भैरहवामा रास्वपा सर्मथकको व्यापक भिड लागेको छ । श्रीमती निकिता पौडेल, रास्वपाका केही नेताहरूसंगै भैरहवा पुग्नु भएका लामिछानेले बिभिन्न स्थानमा जम्मा भएका नेता तथा कार्यकर्तालाई धन्यबाद सहितको सम्बोधन गर्दै हिड्नु भएको छ ।
सभापति लामिछानेलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिएको थियो । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न उहाँ आज रुपन्देही जानु भएको हो ।
उहाँलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको ठगी र संगठित अपराध मुद्दाको आरोपमा लामिछाने पुर्पक्षका लागि थुनामा रहनु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij