सोमवार , पौष ७, २०८२
भैरहवा, ७ पुस । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. ले सर्वसाधारणका लागि लक्षित गरी ‘सस्तो अपरेशन शिविर प्याकेज’ सञ्चालनमा ल्याएको छ । अस्पतालले सीमित समयका लागि सञ्चालन गर्न लागेको यस शिविरबाट सयौं बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
उक्त प्याकेजभित्र औषधीसहित सम्पूर्ण सेवाहरु पर्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पेट तथा गुदासम्बन्धी रोगहरू सामान्य देखिए पनि समयमै उपचार नहुँदा जटिल बन्ने खतरा रहन्छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार टार्दै आएका बिरामीलाई सहज पहुँचमा गुणस्तरीय सेवा प्रदान गर्नु नै शिविरको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
स्थानीयमै विशेषज्ञ सेवा यसअघि पित्तथैलीको ढुंगा, हर्निया, बवासीर, फिस्टुला तथा भगन्दरजस्ता रोगको शल्यक्रियाका लागि काठमाडौं वा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता थियो । तर, सिद्धार्थनगर सिटी हस्पिटलले अनुभवी शल्य चिकित्सक, आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्थानीयस्तरमै उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक चिकित्सक डा. हरि शर्माका अनुसार धेरै बिरामीहरू शल्यक्रिया मंहगो हुने डरले वर्षौंसम्म पीडा सहेर बस्नुहुन्छ । आधुनिक प्रविधिबाट कम चिरफारमा गरिने शल्यक्रियाले बिरामी छिटो निको हुनुका साथै सामान्य जीवनमा फर्किन सक्छन ।’ आर्थिक कारणले उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने शिविरको उद्देश्य रहेको डा. शर्माले बताउनुभयो ।
प्याकेजभित्र के–के छन् सेवाहरु ?
सस्तो अपरेसन शिविर प्याकेजअन्तर्गत पित्तथैलीको ढुंगा (Gall Bladder Stone), हर्निया, बवासीर, फिस्टुला, भगन्दरजस्ता रोगहरूको शल्यक्रिया समावेश गरिएको छ । यी शल्यक्रियाहरू आधुनिक न्यून चिरफार Minimal Invasive Surgery) प्रविधिबाट गरिने भएकाले बिरामीलाई कम पीडा हुने, संक्रमणको जोखिम कम रहने र लामो समय अस्पताल बस्न नपर्ने, रगत धेरै चढाउन नपर्ने, सस्तो र सुलभ प्याकेजमा अपरेशन सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
सिद्धार्थनगर सिटी हस्पिटलमा आधुनिक मोडुलर अपरेसन थिएटर (Modular OT), आवश्यक प्रि–अपरेटिभ तथा पोस्ट–अपरेटिभ केयर, फुल टाइम एनस्थेसिया डाक्टर, अनुभवी सर्जन, अनुभवी नर्सिङ टोली तथा आपतकालीन सेवाको पूर्ण व्यवस्था छ ।
अस्पतालका एच.आर म्यानेजर विधा गौतमले भन्नुभयो–‘हामी उपचारको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं । सस्तो प्याकेजका लागि सस्तो अपरेसन शिविर यही पुस १५ देखि ३० गतेसम्म बिहान १० देखि बेलुकी ४ बजेसम्म सञ्चालन हुनेछ ।’
शिविर सीमित समयका लागि मात्र भएकाले इच्छुक बिरामीलाई समयमै नाम दर्ता गराउन अस्पतालको आग्रह छ । नाम दर्ता तथा थप जानकारीका लागि मोबाइल नम्बर ९७४६४०२४९० मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।
सिद्धार्थनगर सिटी हस्पिटलले यस किसिमका शिविरमार्फत समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ । आगामी दिनमा पनि किफायती तथा जनमैत्री स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको अस्पतालको भनाइ छ । यो शिविरले स्थानीय नागरिकको स्वास्थ्य जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij