शनिवार , पौष १२, २०८२
भैरहवा, १२ पुस । बाल सुरक्षा, अनलाइन यौनजन्य शोषण, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार र आघात सुचीत हेरचाह विषयमा जनचेतनामूलक कार्यक्रम शुक्रबार सैनामैना नगरपालिकाको पर्रोहा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा पर्रोहा मावि कक्षा १२ मा अध्ययनरत ७० जना विद्यार्थीलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, अतिथि विद्यालयका प्रधानाध्यापक बल बहादुर केसी लगायतले बोल्दै विद्यार्थीहरुले जान्नैपर्ने कुराहरुका बारेमा भनाइ राख्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij