२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग

आइतवार , पौष १३, २०८२

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौं, १३ पुस । काठमाडौं मेडिकल कलेजले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।  

    न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा काठमाडौं मेडिकल कलेजका प्रा.डा. सहदेव ढुङ्गानाले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारमा क्याथ ल्याव र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्यावले नयाँ युगको शुरुवात गरिरहेको दाबी गर्नुभयो ।

    उहाँकाअनुसार यी प्रविधिहरूले पारम्परिक ओपन हार्ट सर्जरीको विकल्पको रूपमा छोटो समयमै, सुरक्षित, र प्रभावकारी उपचार सम्भव बनाएका छन् । अत्याधुनिक प्रविधियुक्त बाइ–प्लेन क्याथ ल्याव र नवस्थापित इपि ल्यावको क्षमताबारे उनले विस्तृत जानकारी दिँदै यी सेवा नेपालमा छिटो फैलिनु अत्यन्त सकारात्मक रहेको टिप्पणी गर्नुभयो । 

    क्याथ ल्यावः बिना चिरफार धड्किरहेको मुटुमा उपचार प्रक्रिया

    प्रा. ढुङ्गानाकाअनुसार क्याथ ल्याव एक विशेष प्रकारको अत्याधुनिक एक्स–रे मेसिन हो । जसले धड्किरहेको मुटु र नशागत समस्याहरूको जाँच तथा उपचार गर्न सकिन्छ ।

    डा. ढुङ्गानाले  क्याथ ल्यावमा हृदयको नशा परीक्षणका लागि हात वा खुट्टाको नशामा सानो सुई (सामान्यतः स्थानीय एनस्थेसिया) मार्फत पाइप (क्याथेटर) प्रवेश गराइने बताउनु भयो ।

    यो प्रविधिमार्फत हृदयका विभिन्न रोगहरू जस्तै नशा ब्लकेज, जन्मजात मुटुका प्वाल, भल्बको साँघुरो वा अन्य हृदयसम्बन्धी जटिलताहरूको छिटो र सुरक्षित उपचार सम्भव भएको प्रा. ढुङ्गानाले बताउनु भयो । यस प्रक्रियाले धेरै जटिल रोगहरूलाई सहज र सुरक्षित बनाएको उहाँले जिकिर गर्नुभयो ।