२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

रण अम्बिका शाह आँखा अस्पतालमा एकदिने कार्यशाला गोष्ठी

आइतवार , पौष १३, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा, १३ पुुस । नेपाल नेत्र ज्योति संघ, केन्द्रीय कार्यालयको आयोजनामा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवामा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

    सन् २०२० मा सम्पन्न भएको RAAB Survey ले देखाएको तथ्यांकअनुसार देशका ७ वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै दृष्टिबिहिनताको व्यापकता एचभखबभिलअभ या द्यष्लिमलभकक  रहेको देखिएको छ 

    यस प्रदेशबाट Prevalence of Blindness  घटाउन आवश्यक भएकोले नेपाल नेत्रज्योति संघको पहलमा प्रदेश र स्थानीय सरकारको सहभागीतासहितको रणनीतिक योजना बनाउने उद्देश्यले एकदिने कार्यशाला गोष्ठी सञ्चालन गरिएको आयोजकले जनाएका छन् । गोष्ठीमा विषय विज्ञ सौरभ शर्मा र सुर्दशन खनालले प्रस्ततीकरण गर्नुभएको थियो ।

    गोष्ठीमा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी प्रदेश, रुपन्देही शाखा, बुटवल लायन्स आँखा अस्पताल, तौलिहवा आँखा अस्पताल र रण अम्बिका शाह आँखा अस्पतालका नेत्र विशेषज्ञ एव कर्मचारीहरुको सहभागीतो थियो ।

    अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीको स्वागत तथा सूचना अधिकारी प्रतीक पाण्डेयको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।