बुधवार , पौष ३०, २०८२
भैरहवा, ३० पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयले बुधबार नयाँ व्यवस्थापन समिति पाएको छ । व्यवस्थापन समितिको अध्यक्षमा अमित कुमार गुप्ता चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी खत्री, शम्भु दयाल कोरी, अनि हिताङ, लक्ष्मी खत्री, ज्ञानेश गुप्ता र अमिता अग्रवाल रहनुभएको छ । विद्यालयको पदेन सदस्यमा सिद्धार्थनगर नगरपालिका–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ र सदस्य सचिवमा विद्यालयका प्राचार्य बासुदेव पौडेल रहनुभएको छ ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि गुप्ताले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका निम्ति लागिपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘विद्यालयमा रहेका कमीकमजोरीलाई सच्याउँदै र अभिभावकले व्यवस्थापन समितिबाट अपेक्षा राखेका विषयलाई सम्बोधन गर्न लागिपर्नेछौं ।’
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले विद्यालयको विकासमा लाग्न आग्रह गर्नुभयो ।
सिद्धार्थनगर–५ का वडाअध्यक्ष श्रेष्ठले विद्यालयको विकासका लागि गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो । उहाँले नयाँ व्यवस्थापन समितिले विद्यालयको विकासमा धेरै भन्दा धेरै काम गर्ने विश्वास व्यक्त गर्नुभयो । वि.सं. २००९ सालमा भैरहवा नमूना माविको स्थापना भएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij