शनिवार , माघ ३, २०८२
भैरहवा, ३ माघ । नेकपा (एमाले) का केन्द्रीय सदस्य खिमलाल भट्टराई रुपन्देही क्षेत्र नम्बर ५ बाट चुनाव लड्नु हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।उहाँ पार्टीको पूर्व पोलिटब्यूरो सदस्य तथा राष्टिय सभाका पूर्व सदस्य समेत हुनुहुन्छ । भट्टराई रुपन्देही–५ बाट एकल उम्मेदवारमा सिफारिस हुनुभएको थियो ।
२०७९ सालमा सम्पन्न निर्वाचनमा रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो । घिमिरेले नेपाली काँग्रेसका उम्मेदवार भरत कुमार शाहलाई पराजित गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij