२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

बुटवलबाट सुरु भयो ‘बिगुल’ को पब्लिसिटी, जेसीजले सहयोग गर्ने

शुक्रवार , माघ ९, २०८२

  • 931
    Shares
  • 931
    Shares
  • बुटवल, ९ माघ । आगामी फागुन १ गतेबाट देशभरका हलमा एकैसाथ प्रदर्शनमा आउने नेपाली चलचित्र बिगुलको पब्लिसिटी रुपन्देहीको बुटवलबाट सुरु भएको छ । बुटवलमा बिहीबार एक कार्यक्रमकाबीच निर्माता दिनेश कोइराला, निर्देशक रामेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले पब्लिसिटी सुरु गरेको हो ।

    बुटवल जेसीजसँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहित जेसीजका सदस्यहरुको उपस्थितिमा फिल्मको ट्रेलर र गीतसंगीत हेरेपछि सकारात्मक प्रतिक्रिया आएको छ ।

    सो ट्रेलर हेरेपछि नगरप्रमुख पाण्डेयले वर्तमान परिस्थितिलाई नजिकबाट नियाली बनाइएको फिल्म भएकाले सबै युवा वर्ग परिवार र देशको नेतृत्व गर्नेहरुले हेर्ने परे फिल्म बनेको प्रतिक्रिया दिनुभएको छ ।

    त्यस्तै जेसीजका विभिन्न व्यक्तिहरुले युवाहरुको सोच र नेतृत्वलाई झकझकाउने खालको फिल्म बनेकाले आफुहरु लगायत सबैलाई फिल्म हेर्न आग्रह समेत गरेका छन् ।

    माघ २८ र २९ गते अनलाईन बुकिङ्ग खुल्ने फिल्मको बुटवलमा एक औपचारिक कार्यक्रम गर्दै स्थानीय बुद्धिजीवी र सरोकारवालाहरुलाई फिल्मबारे बताइएको निर्माता दिनेश कोइरालाले बताउनुभयो । यो चलचित्र जेनजी आन्दोलन अगाडी नै निर्माण भएपनि आफूहरुको सोच जस्तै देशमा अभेको आमुल परिवर्तनको कुरा चलचित्रमा देख्न पाइने बताएका छन्।  

    सो अवसरमा निर्देशक रामेशले फिल्मको कथावस्तुदेखि अभिनय र सिनेमाटोमा निकै मेहनत गरिएकोले सबै परिवारको, आफ्नै समाजको यथार्थ कथा फिल्मले बोलेको बताउनुभयो । सबैलाई नेपाली फिल्म बिगुलमार्फत आमन्त्रण गर्दै निर्देशक रामेशले वर्तमान परिप्रेक्ष्यमा फिल्मले समजलैई गतिलो उदाहरण दिने बताउनुभयो ।

    कार्यक्रममा बुटवलका दर्शकको यस अघिका फिल्ममा निकै अपार माया पाएको उल्लेख गर्दै कलाकार नरेन खड्काले फिल्म बिगुलले चुनावको छेकोमा समाजको यथार्थ चित्रण गर्दै नयाँ आयाम ल्याउन बिगुल फुक्ने समेत बताउनुभयो ।  

    म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ ।

    प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला हुनुहुन्छ । काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।