images

शुक्रवार, चैत्र १६ गते २०८०

आँखा अस्पताललाई थप सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता छ : डा. उपेन्द्र भारी

आँखा अस्पताललाई थप सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता छ : डा. उपेन्द्र भारी

images
images
images
शनिवार, बैशाख १८ २०७८
शनिवार, बैशाख १८ २०७८
  • आँखा अस्पताललाई थप सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता छ : डा. उपेन्द्र भारी

    बुटवल र आसपासका जनतालाई अन्धकारबाट उज्यालोतर्फ लैजाने उद्देश्यसहित २५ वर्षअघि स्थापना गरिएको बुटवल लायन्स आँखा अस्पतालले हालसम्म लाखौं नागरिकलाई आँखाको ज्योति प्रदान गर्न सफल भएको छ । सीमित श्रोतसाधनका बाबजुद दैनिक करिब ३ सय जनासम्म आँखाका बिरामीको उपचार गर्दै आएको सो आँखा अस्पतालले वर्षमा २ हजार ५ सय बढी बिरामीको आँखाको शल्यक्रिया गरी उनीहरुलाई दृष्टि प्रदान गरेको छ । रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्यूठान, सल्यान, स्याङजा लगायतका विभिन्न जिल्लाहरुबाट आँखाका बिरामीहरु आउने गरेको सो आँखा अस्पतालमा आँखाको सामान्य दृष्टि परीक्षणदेखि मोतीबिन्दुको शल्यक्रियासम्मको उपचार हुने गरेको छ । केही समय यता टाढाटाढाबाट आउने बिरामीको संख्या बढ्दै गएकोले चालु वर्षमा आँखाको परीक्षण र उपचार गराउन आउने बिरामीको संख्या करिब १ लाख पुग्ने अस्पतालले अनुमान गरेको छ । 
    आँखाका बिरामीको संख्या बढ्दै गएको भए पनि सीमित श्रोतसाधनका कारण थप सेवा र सुबिधा प्रदान गर्न नसकिएको अस्पताल व्यवस्थापनले गुनासो गरेको छ ।  यसै सन्दर्भमा आँखा अस्पतालले पुर्याएको सेवा, अस्पतालका आगामी योजना र समस्याहरुका बिषयमा खबरपात्रोका लागि हरिश ढकालले मेडिकल सुपरीटेण्डेण्ट डा. उपेन्द्र देव भारीसंग गरेको कुराकानीको सम्पादित अशं:

    images
    images
    images

    १. जुन उद्देश्य र लक्ष्य पुरा गर्न आँखा अस्पतालको स्थापना भएको सो पुरा हुन सक्यो कि सकेन? 
    यस क्षेत्रमा विस्तारै बढ्दै गएको आँखाका बिरामीको संख्या र उपचारका लागि भैरहवा लगायत टाढासम्म जानुपर्ने बाध्यतात्मक अवस्थामा यस क्षेत्रमा आँखा सम्बन्धी रोगको उपचार गरी अन्धोपनको निवारण गर्ने उद्देश्यले यो आँखा अस्पताल स्थापना भएको हो । आँखाका बिरामीलाई उपचार गरी दृष्टि प्रदान गर्ने र अन्धकारबाट उज्यालोतर्फ लैजाने मुख्य लक्ष्यका साथ करिब अढाई दशकअघि स्थापना भएको सो अस्पतालले लाखौ मानिसलाई आफ्नो लक्ष र उद्देश्य अनुरुपको सेवा प्रदान गरिहेको छ । 

    २. खासगरि आँखामा हुने मुख्य समस्याहरु केके हुन? 
    मुख्यतयाः हाम्रो अस्पतालमा आउने बिरामीहरुमा आँखाको दृष्टि कमजोर भएका, आँखा पाक्ने, दुख्ने, रिंगटा लाग्ने, आँसु आउने, आँखामा चोटपटक लागेका, मोतीबिन्दु र जलविन्दु भएका लगायतका समस्या भएका बढी आउने गर्दछन् । सामान्य दृष्टि कमजोर भएकादेखि मोतीविन्दु भएकासम्म बिरामीहरुलाई यही सम्पूर्ण उपचार गरिन्छ । दृष्टि कमजोर भएकालाई आवश्यक परीक्षण गरी चश्मा र औषधी प्रदान गरिन्छ भने अन्य बिरामीहरुलाई पनि आवश्यक उपचार गर्नुका साथै मोतीविन्दुको शल्यक्रिया नै गरिन्छ । जलविन्दु र रेटिनाको समस्या लगायतका विशेष संक्रमण भएका आँखाका रोगीहरुलाई भैरहवास्थित लुम्बिनी रण अम्बिका आँखा अस्पताल लगायतका विभिन्न अस्पतालमा रिफर गरिन्छ । अर्को कुरा आँखाका बिरामीहरुको हकमा हिमाल, तराई पहाड सबैतिर प्राय ः एकै प्रकारको समस्या देखिन्छ । तराईमा ट्रकोमा भन्ने बिरामी बढी देखिन्छन् भने पहाडमा पुतलीबाट सर्ने सापु भन्ने रोग देखिन्छ । गर्मी महिनामा आँखामा संक्रमण बढी हुने गर्दछ भने जाडो महिनामा शल्यक्रिया गर्ने बिरामीहरु बढी आउने गर्दछन् । 

    ३. योबाहेक अस्पतालले अन्य क्षेत्रमा पनि सेवा पुर्याएको छ की ? 
    हो, यो आँखा अस्पतालले केहीसमय अघि दाँतको उपचार गर्ने व्यवस्था पनि मिलाएको थियो । तर हाल दाँतसम्बन्धी सेवा बन्द छ।  आँखासम्बन्धी काम गर्ने उद्देश्यले स्थापना भएकाले सोही विषयमा आफुलाई विशिष्टीकृत गर्दै लैजाने हेतुले आँखासम्बन्धी नै हामी बढी केन्द्रित भएका छौं । अस्पतालमा ओपिडी सेवादेखि शल्यक्रियासम्म हुन्छ भने बेलाबेलामा विभिन्न स्थानमा निःशुल्क आँखा शिविरहरु पनि संचालन गर्छौं । विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुको आँखा परीक्षण गरी चश्मा समेत निःशुल्क रुपमा प्रदान गरेका छौं । आमा समूह लगायतलाई सामुदायिकस्तरमै पुगेर आँखाको स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएका छौं । बेलाबेलामा विभिन्न क्षमता अभिवृद्धि लगायतका तालिमहरु पनि संचालन गरिहेका छौं । गरीब, असहाय र अशक्त बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा, औषधी, अप्रेशन लगायतका उपचार प्रदान पनि गरिन्छ । 

    ४. यो अस्पताल संचालन र बिकासका लागि मुख्य समस्याहरु के के हुन?
    यो अस्पताल संचालनका लागि मुख्य समस्या भनेको आर्थिक श्रोतको अभाव नै हो । बिरामीहरुका लागि सेवासुविधा वृद्धि गर्न थप दक्ष जनशक्ति र थप उपकरण आवश्यक पर्छ । जस्तो की हाम्रो अस्पतालमा जलविन्दु र रेटिनाको संक्रमण लगायतका बिरामीको उपचार गर्न दक्ष जनशक्ति र उपकरण थप गर्नु पर्दछ । यसका लागि आर्थिक पक्ष नै दह्रो हुन आवश्यक छ । हालसम्म स्थानीयस्तरमा आर्थिक संकलन, लुम्बिनी नेत्र ज्याति अध्ययन संस्थान र लायन्स क्लब इन्टरनेशनलको प्राविधिक सहयोगमा संचालन भइरहेको यो अस्पताललाई हालसम्म नेपाल सरकारका निकायहरुबाट आवश्यक आर्थिक सहयोग हुन सकेको छैन् । आर्थिक सहयोगका लागि तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरेका छौं ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij