२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

प्रहरी महानिरीक्षक कार्कीद्वारा विद्यालयमा अध्यक्षकोष स्थापना

आइतवार , माघ १८, २०८२

  • 361
    Shares
  • 361
    Shares
  • भैरहवा, १८ माघ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । महानिरीक्षक कार्कीले गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरस्थित देवीस्थान माध्यमिक विद्यालयमा आफ्नो बुवा स्वर्गीय कृष्ण बहादुर कार्कीको नाममा पाँचलाख रुपैयाँको अध्यक्षकोष स्थापना गर्नुभएको हो ।

    यो अक्षयकोषबाट प्राप्त ब्याजबाट वार्षिक रुपमा दुईजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर अर्याल बताउनुभयो।

    विद्यालयको ५४ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा महानिरीक्षक कार्कीले अक्षयकोष स्थापना तथा विद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि डिजिटल स्मार्ट बोर्ड आफ्नी धर्मपत्नी तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीद्वारा हस्तान्तरण गरेको  विद्यालयका प्राध्यानापक खिम बहादुर बुढाथोकीले जानकारी दिनुभयो। महानिरीक्षक कार्कीको बुवाको पहलमा वि.सं. २०२८ सालमा स्थापना भएको यो विद्यालय हाल कक्षा १२ सम्म (माध्यमिक तह) सम्म पढाइ हुने गरेको छ ।

    करिब ५ सयजना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई सूचना प्रविधिसँग जोडन र विद्यार्थीहरुको मनोबल उच्च राख्न प्रहरी महानिरीक्षक कार्कीले गर्नुभएको पहल प्रशंसनीय भएको विद्यालयका शिक्षक बुद्धिनाथ पाण्डेले बताउनुभयो ।