मंगलवार , माघ २०, २०८२
काठमाडौं, २० माघ । फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।
देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
