बुधवार , माघ २१, २०८२
तिलोत्तमा, २१ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (यूआरएलआईपी) बीच आयोजना निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धमा सम्झौता भएको हो । हाल सो परियोजनामार्फत ड्राइभरटोल, शिवपुर र पत्थरडांडा तिनाउ सडक निर्माण हुने क्रममा रहेको छ ।
सम्झौता–पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल र नगर विकास कोषको तर्फबाट टीडीएफका कार्यकारी निर्देशक इञ्जिनियर बिनोद प्रकाश पण्डितले हस्ताक्षर गर्नुभएको हो ।
सो सम्झौता पश्चात आगामी दिनमा समेत भौतिक र मानवीय विकासमा थप टेवा पुग्ने देखिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
