२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

किन पत्रकारले सोधेको प्रश्नको जवाफ नदिइ बाहिरिए रास्वपा महामन्त्री सुनिल लम्साल ?

शनिवार , माघ २४, २०८२

  • 781
    Shares
  • 781
    Shares
  • भैरहवा, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्सालले पुरानै ढर्राका चुनावी एजेण्डा प्रस्तुत गर्नुभएको छ । शनिवार बिहान तिलोत्तमा मंगलापुरस्थित एक होटलमा आयोजित पत्रकार अन्तरक्रियामा पत्रकारहरुको प्रश्नको उत्तर दिदै रास्वपा उम्मेदवार लम्सालले दशकौंदेखिका सतही चुनावी एजेण्डा सुनाउनुभयो । 
    आफूलाई नयाँ पार्टीको, जोश र जागरका साथ चुनावी मैदानमा आएको बताउँदै आउनुभएका लम्सालले सुरुमा पत्रकार भेटघाटलाई अफ द रेकर्ड भन्दै परिचय मात्रै गर्न खोजेको बताउनुभएको थियो । 

    देशभर चुनावी माहोल तीव्र बनिरहेका बेला आयोजित पत्रकार भेटघाटमा उम्मेदवार लम्सालले पत्रकारको जवाफ र सामान्य रुपमा चुनाव एजेण्डासम्म प्रस्तुत गर्न नचाहेपछि पत्रकारले प्रश्नको सामना गर्न आग्रह गरेका थिए ।

    पत्रकारको प्रश्नको उत्तर पनि उम्मेदवार लम्साल सतही चुनावी एजेण्डाहरु शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पर्यटनका विषयमा काम गर्ने योजना रहेको बताउनुभएको थियो । 
    पुराना पार्टी र तीनका नेता तथा उम्मेदवारले अहिलेसम्म केही गर्न नसकेको बताउनुभएका लम्सालले हलभित्र चित्तबुझ्दो जवाफ नपाएपछि बाहिर आएर प्रश्न गर्न खोजेपछि उत्तर नै नदिइ बाहिरिनुभयो । 

    प्रश्नको सामना गर्न नसकेर कार्यक्रमबाट बाहिरिएसँगै त्यहाँ उपस्थित पत्रकारलाई लम्सालको सचिवालयका सदस्यले पत्रकारहरुले नयाँ पार्टी र पुराना पार्टीबीच फरक व्यवहार नगरी पुरानै शैलीका प्रश्न तेर्साए भनेपछि केही समय नोकझोक समेत चलेको थियो । 

    कार्यक्रममा सहभागी पत्रकारहरुले प्रश्नको सामना गर्न नसक्ने उम्मेदवारले जनताको मर्म र भावना कसरी बुझ्ने होलान् भन्दै चिन्ता व्यक्त गरेका थिए ।