२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

आसन्न निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधनहरूको सहयोग

सोमवार , माघ २६, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, २६ माघ । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पु¥याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ ।

    यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित रहेको छ ।  निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल क्याव पिकअप, एसयूभी र अन्य उपयोगी वाहनहरू) उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यो सहयोगलाई विभिन्न चरणमा हस्तान्तरण गरिँदैछ ।

    भारतीय दूतावासका अनुसार यो सहयोग नेपालको निर्वाचन तयारीमा लजिस्टिक्स र सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन लक्षित छ । भारतले सन् २००८ देखि नै नेपालको निर्वाचनमा यस्तो सहयोग गर्दै आएको छ ।

    जसअन्तर्गत हजारौं सवारी साधनहरू प्रदान गरिसकिएको छ । गृह मन्त्रालयकाअनुसार यी गाडीहरू मुख्य रूपमा सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी), निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूलाई उपलब्ध गराइनेछ ।

    यसले दुर्गम क्षेत्रमा मतदान सामग्री पु¥याउने, सुरक्षा टोलीको आवतजावत र निर्वाचन प्रक्रियाको सुचारु सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।