२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

रुपन्देही ४ मा काङ्ग्रेसको बिरासत फर्काउछौं : काङ्ग्रेस उम्मेदवार मिश्र

मंगलवार , माघ २७, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • मर्चवार । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ रुपन्देहीका उम्मेदवार आशुतोष मिश्रले नेपाली काङ्ग्रेसको बिरासत फर्काउने बताउनु भएको छ । 

    रुपन्देही ४ पहिले देखि नै नेपाली काङ्ग्रेसको गढ भएको उल्लेख गर्दै यस पटक नेपाली काङ्ग्रेसले चुनाव जितेर बिरासत पर्काउने बताउनु भयो । नेपाली काङ्ग्रेसमा आएको रुपान्त्रणका कारण युवाहरुमा काङ्ग्रेस प्रति जागरण फैलिएको भन्दै नेपाली काङ्ग्रेसले सहजै चुनाव जित्ने बताउनु भयो । 

    a229000a-b689-46f4-ac48-50cdada281a8.jpeg

    क्षेत्र नम्बर ४ का बिभिन्न स्थानमा मतदातासंग भेटघाट गर्ने क्रममा उम्मेदवार मिश्रले अन्नको भण्डार मर्चवारमा सिचाई र मलखादको सहज व्यवस्थापनका लागि पहिलो एजेण्डाको रुपमा काम गर्ने बताउनु भयो । 

    उहाँले मर्चवारमा शिक्षा र स्वास्थ्यमा अझै पनि उल्लेखनिय काम गर्न बाँकी रहेको उल्लेख गर्दै मर्चवार बुझेको, शिक्षित र राजनीतिक रुपमा परिपक्क नेतालाई चुनेर संसदमा पठाउन आग्रह गर्नभयो । 

    747eaa4a-715d-488c-a0d2-92e4c5b39722.jpeg

    बिगतमा निर्वाचित भएर गएका सांसदहरुले त्यहाका नागरिकलाई सधै गुमराहमा राख्ने काम गरे, काङ्ग्रेस उम्मेदवार मिश्रले भन्नुभयो– म पहिलो पटक संघिय संसदमा उठेको भन्दै काम गर्ने मौका दिन आग्रह गर्दछु । 

    उहाँले समग्र क्षेत्रको बिकासका लागि पार्टीले रणनीतिक योजना बनाएको उल्लेख गर्दै भौतिक पुर्वाधारदेखि छपिया क्षेत्रको माछा पालन कृषकदेखि पशुपालन कृषकसम्मलाई समेटेर काम गर्ने बताउनु भयो ।