२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

मुक्तिनाथ बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा छुट

बुधवार , माघ २८, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, २८ माघ । मुक्तिनाथ विकास बैंक लिमिटेड ग्राहकलाई रुपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले आफ्ना विभिन्न सेवासुविधामा छुट प्रदान गर्ने भएको छ । 

    बैंक र होटलबीच मंगलबार भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, कार्डबाहक ग्राहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले विभिन्न सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।  एक वर्षसम्मको अवधिका लागि गरिएको सम्झौता अनुसार दशैं र तिहारबाहेक अन्य समयमा बैंकका ग्राहक र कर्मचारीलाई खाना, बस्न, स्पा, बैंक्वेट हल, स्वीमिङ पुलमा १५ प्रतिशत छुट प्रदान गरिनेछ ।

    सम्झौता–पत्र हस्तान्तरण कार्यक्रममा एशियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदी, मुक्तिनाथ विकास बैंक बुटवल रिजनका चिफ ट्रान्सफर्मेशन अफिसर प्रेम थापा, बुटवल शाखा प्रबन्धक राकेश गुरुङको उपस्थिति थियो ।

    होटल एशियन होटल लिमिटेड (एसियन बुद्ध होटल) सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले बताउनुभयो ।