२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

काँग्रेस उपसभापति शर्माले भैरहवामा सम्बोधन गर्ने

बुधवार , माघ २८, २०८२

  • 22
    Shares
  • 22
    Shares
  • भैरहवा, २८ माघ । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोली रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्नुहुने भएको छ ।

    विभिन्न जिल्लामा पार्टीका उम्मेद्वार सहित पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा बुधबार रुपन्देहीमा कार्यक्रम तय गरिएको हो ।

    बिहान ११ बजे भैरहवास्थित युनिक बैंक्वेटमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको  छ । उक्त कार्यक्रममा पाँचै क्षेत्रका उम्मेदवार सहित पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति, पाँच वटै क्षेत्रीय सभापतिहरु, प्रदेशसभा ‘क’ र ‘ख’ समिति, पालिका तथा वडाका सभापतिहरुलाई अनिवार्य उपस्थित हुन नेपाली काँग्रेस रुपन्देही अनुरोध गरेको छ ।

    आम निर्वाचनलाई लक्षित गर्दै पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा सम्बन्धमा केन्द्रीय उपसभापति शर्माले मार्गदर्शन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो । 

    कार्यक्रममा सबै नेता तथा कार्यकर्ताहरूलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नं. १ मा हिराबहादुर खत्री, क्षेत्र नं. २ मा चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ मा सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्र र क्षेत्र नं. ५ मा भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।