
आइतवार , बैशाख १९, २०७८
भैरहवा, १९ वैशाख ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा पुनः सन्तोष कुमार पाण्डेय नियुक्त भएका छन् । यस अघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजय बहादुर यादव नियुक्त भएका छन् । यस अघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका यादवलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् । उनी बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्री भएका दुवै जना सांसद पदमा भने छैनन् ।
त्यसै गरी मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजाललाई नियुक्त गरेका छन् । उनीहरुलाई आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij